एसईई परीक्षा : तनावग्रस्त बन्यो २ नम्बर प्रदेश, ठाउँठाउँमा प्रदर्शन

See birganja

वीरगन्ज । शुक्रबारको एसईई परीक्षा रद्द भएपछि आक्रोशित परीक्षार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण वीरगन्ज शुक्रबार तनावग्रस्त बनेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश २ मा सामाजिक विषयको परीक्षा स्थगित गरेपछि बिहानदेखि नै घण्टाघर चोकमा सयौंको संख्यामा जम्मा भएका परीक्षार्थीले सडकमा टायर बालेर नाराबाजी गरेका थिए । प्रदर्शनमा उत्रिएका एसईईका विधार्थीले वीरगन्जमा प्रदर्शन गर्दै सार्वजनिक र निजी सम्पतिमा तोडफोड गर्नुका साथै आगजनी पनि गरेका छन् ।

त्यस क्रममा घण्टाघर चोकमा रहेको ट्राफिक डिभाइडर, फलामको बेरियर र साइन बोर्ड उखेलेर आगजनी गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी विधार्थीले प्रहरीमाथि नै ढुङा प्रहार गरेका थिए । लाठी चार्ज भएपछि थप आक्रोसित भएका विधार्थीले प्रहरीलाई निशाना बनाउँदै ढुङगा हान्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस प्रहार पनि गरेको थियो ।

प्रदर्शनकारीले वीरगन्ज महानगरपालिकाको दमकलमाथि लगातार ढुङगामुढा गरे । सो दमकलको पानीले प्रहरीले विधार्थीमाथि पानीको फोहोरा हानेको थियो । पानीको फोहोरा हान्न थालिएपछि थप आक्रोशमा आएका विधार्थीको ढुङगा प्रहारबाट दमकलको शीशा पनि फुटेको छ ।

प्रदर्शनकारी विधार्थीले घण्टाघर चोकमा रहेको बाबा रामजनम तिवारीको शालिक परिसरमा रहेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानको सन्देशमुलक फलामको साइन बोर्ड उखेलेर जलाइ दिएका छन् ।

प्रर्दशनकारी विधार्थीको एक समूहले वीरगन्जको मुर्ली बगैंचामा रहेको अनुभूती कलेजमा पनि तोडफोड गरेको छ । घण्टाघरबाट बसपार्कमा पुगेर हिमाल भान्छा घर एण्ड लजमा तोडफोड गरी मुर्ली बगैंचामा पुगेका विधार्थीले अनुभूति कलेजमा तोडफोड गरेका हुन् ।

उनीहरुले कलेजको बाहिर पट्टीको पर्खालको सबै शीशा फुटाउनुका साथै रिसेप्सनभित्र पनि पसेर सीसी, एलइडी टिभी र फर्निचर तोडफोड गरेका छन्। कलेज परिसरमा रहेका फुलका गमला, केही थान मोटरसाइकल पनि तोडफोड गरेका विधार्थीले रिसेप्सनमा बसेका लेखापाल जायद हुसेन र कलेजको कक्षा ११ मा अध्ययनरत छात्र सन्दिप पटेललाई पनि कुटपिट गर्दै घाइते बनाएका छन् ।

तोडफोड धेरै
त्यसपछि प्रदर्शनकारी विधार्थीले नगरको विभिन्न क्षेत्रमा पुगेर सडकमा भेटिएका सार्वजनिक बस, स्कुलबस, टाटासुमो, ट्रक लगायतका करिब दुई दर्जन सवारी सधानमा तोडफोड गरेका छन् ।

विधार्थीले ना ६ ख ९३४० , ना ५ ख ६५३९ र ना २ ख ७६८१ नम्बरको सार्वजनिक बस, सगरमाथा स्कुलको ना ४ ख ५८४८ र ना २ ख २८४५ नम्बरको बस, विद्यासदन माविको ना १ क ३३१५ नम्बरको बसमा तोडफोड गरेका हुन् ।

घण्टाघर चोकमा प्रहरीसँग भएको झडपका क्रममा प्रहरीको लाठी चार्जबाट प्रदर्शनकारी मध्येका सिद्धार्थमाविका छात्र शीवशंकर पटेल र गीता गजेन्द्र मावि सुखचैनाका छात्र श्रीराम राम तथा नेविसंघका नेता मुनराज तिवारी घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार गरिएको छ ।

कलैयामा पनि प्रदर्शन
एसईई परीक्षाको सामाजिक र विज्ञान विषयको परीक्षा रद्द गरिएको विरोधमा बाराको कलैयामा पनि शुक्रबार विद्यार्थीले प्रदर्शन गरेका छन् ।

कलैयाको भरत चोकमा उनीहरूले बिहान साढे सात बजेदेखी साढे नौ बजेसम्म टायर बालेर सडक समेत अवरुद्ध पारेका थिए । परीक्षा रद्द गरेर सरकारले आफूहरुसित अन्याय गरेको भन्दै करिब डेढ दुई सयको संख्यामा रहेका विद्यार्थीले परीक्षा रद्द गर्न पाइदैन, विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइदैनजस्ता नारा पनि लगाएका थिए ।

त्यसैगरी एसईईको शुक्रबार हुने सामाजिक बिषयको प्रश्न पत्र परीक्षा अगाडी नै बाहिरिएपछि परिक्षा दिन नपाएका बिद्यार्थीहरुले शुक्रबार विहान रौतहटको चन्द्रनिगाहपुरमा चक्का जाम गरेका छन् ।

परीक्षा केन्द्र पुगेर पनि परिक्षा दिन नपाएपछि आक्रोसित विद्यार्थीहरुले चन्द्रनिगाहपुरस्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध गरेका थिए । आन्दोलित विद्यार्थीहरुले करिब आधा घण्टा सवारी आवत जावतलाइ प्रभावित बनाएका थिए ।

स्थगित भएको बिज्ञान बिषय र सामाजिक बिषयको परिक्षा परीक्षा अब चैत २२ र २३ गते हुनेछ । सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...