१० हजार अस्थायी शिक्षकले पाउने भए उपदान

Teacher bidahi

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लिखित परीक्षामा असफल भएका १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गर्ने भएको छ । त्यसका लागि ५ अर्ब २५ करोड छुट्याएको छ ।

शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार अझै ३४ हजार ४ सय ८ शिक्षक अपुग छन् । उनले मन्त्रिपरिषद्ले निर्णय गरिदिए आफूहरूले शिक्षक पदस्थापन र दरबन्दी मिलान तत्काल अगाडि बढाउने बताएको छ ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरू तत्कालै कक्षा कोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको बताए । त्यसका लागि बजेटको व्यवस्था पनि गरिसकेको उनको भनाई छ ।

सरकारले केही समयअघि गठन गरेको कार्यदलले देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १ सय २ शिक्षक अपुग भएको तथ्याङ्क सहितको प्रतिवेदन मन्त्रिपरिषदमा बुझाएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...