नातावादको नमुना : ‘पारिवारिक विद्यालय’मा परिवारकै हालीमुहाली

Student mahottari

महोत्तरी । विद्यालयमा एउटै परिवारका ५ जना शिक्षक छन् भन्दा अनौठो नमाने हुन्छ । किनकी महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ  ।

यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ । यतिसम्मकी एक लेखा कर्मचारी एउटै परिवारका सदस्य छन् ।

६ शिक्षक रहेको नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या मुस्किलले २० पुग्छ । त्यसैले परिवारभित्रैका शिक्षक–शिक्षिका पालैपालो विद्यालय आउँछन् । नियमित २ जना मात्रै शिक्षक आउने गरेको स्थानीय बताउँछन् ।

विद्यालयका ६ मध्ये प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन् । उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन् । लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन् । उनले निजी स्रोतमा जागिर खाएका छन् ।

अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् । जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन्  ।

बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन् । अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन् । तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पु¥याएरै राखिएको बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...