श्रीपञ्चमीका दिन राम मावि मुगाको हिरक महोत्सव हुने

Ram mabi hirak mahotsab

काठमाडौं । धनकुटा पाख्रिवास नगरपालिका वडा नं. ७ मुगामा रहेको श्री राम माध्यमिक विद्यालयले ७२ औं अभिभावक दिवस तथा हिरक महोत्सव मनाउने भएको छ ।

२००४ मा स्थापना भएको सो माविले यही माघ २७ गते अर्थात् श्रीपञ्चमीका दिन ७२ औं अभिभावक दिवस तथा हीरक महोत्सव मनाउने भएको हो । सामान्यतः स्थापनाको ६० वर्षमा हिरक महोत्सव मनाउने चलन भए पनि सो विद्यालयले स्थापनाको ७२ औं स्थापना दिवसका दिन नै हिरक महोत्सव मनाउन लागेको हो ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा विद्यालयका आजीवन सम्मानार्थ अध्यक्ष अजितनाराण सिंह थापाले ६० वर्षमा मनाउने प्रयास गरेको भए पनि विविध कारणले हिरक जयन्ती मनाउन नसकिएको र हाल ७२ औं स्थापनाका दिन हिरक महोत्सव मनाउने तयारी भइरहेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर राईको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक चिरञ्जिबी घिमिरे, गान्धी स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर थापा, पूर्व विद्यार्थी शिशिर घिमिरे, मुगाली थापा क्लवका उपाध्यक्ष इन्द्रबहादुर थापा लगायतले महोत्सवको सफलताको कामना गर्दै मुगाको विकासका लागि एकजुट हुन आग्रह गरे ।

विसं. १९९६ सालमा सो विद्यालयमा संस्कृत पढाई हुन्थ्यो । राणा कालको समयमा विद्यालय सञ्चालन गर्न नपाइने भएकाले सो विद्यालय औपचारिक रुपमा भने विसं. २००४ सालमा मात्रै स्थापना भनिएको थियो । जुनबेला राणा प्रधानमन्त्री चन्द्र समशेरले देशका केही ठाउँमा विद्यालय खोल्ने अनुमति दिएका थिए । त्यही बेला राम मावि पनि स्थापना भएको घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...