१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो जलवायु परिवर्तन सम्मेलन

Melamchi ghosana

सिन्धुपाल्चोक । १० बुँदे साझा सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै ‘राष्ट्रिय जलवायु परिवर्तन २०७५’ सम्पन्न भएको छ ।

स्थानीय तहहरुलाई जलवायु अनुकूलको योजना र कानुन निर्माणका लागि सहजीकरण, जलवायु कोष निर्माण, जलवायु मैत्री विकास, ‘प्रकृतिलाई बिगारेर होइन, श्रृङगारेर विकास गर्ने’ लगायत १० बुँदे सिन्धुपाल्चोक गुफाडाँडा घोषणापत्र जारी गर्दै ‘राष्ट्रिय जलवायु परिवर्तन २०७५’ समापन भएको छ ।

मेलम्ची नगरपालिकाको गुफाडाँडामा दुई दिनसम्म चलेको सो सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । सोमबार र मंगलबार चलेको सो सम्मेलनमा ११ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

सो सम्मेलनमा ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञ सहभागी भएका थिए । विश्वकै टाउको दुखाइको विषय बनेको जलवायु परिवर्तनको मुद्धा सशक्त ढंगले उठाउँदै स्थानीय तहले त्यसका नकारात्मक प्रभाव कम गर्न ‘के गर्न सक्छन’ भन्ने बारेमा छलफल केन्द्रित थियो ।

१० बुँदे घोषणापत्रमा जलवायु परिवर्तन तथा यसले पारेका असरबारे वैज्ञानिक खोज अनुसन्धान गर्दै जनचेतनामा जोड दिने, जलवायु परिवर्तनले मानव जीवनमा पारेको नकारात्मक असरबारे भरपर्दो सूचना प्रवाह गर्नुका साथै समुदायमा आधारित जलवायु अनुकूलन तथा न्यूनीकरणका उपायलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तर्जुमा प्रभावकारिताका लागि राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वयकारी भूमिकामा जोड दिनेलगायतका विषय समावेश छन् ।

समुद्र सतहदेखिको दुई हजार ५ सय ५० मिटर उचाइमा रहेको गुफाडाँडाबाट दोर्जे लाक्पा तथा जुगल हिमाललगायत अन्य हिमशृङ्खलाका साथै सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक तथा काठमाडौँका अधिकांश भू–भाग प्रष्ट देख्न सकिन्छ ।

जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर प्रतिनिधिहरुले छलफल गरेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभाम्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...