ख्वपका विद्यार्थीले गरे गोर्खा इको प्यानलको अध्ययन भ्रमण

Visit 2

भक्तपुर । सधै कक्षा कोठाको पढाईमा मात्रै सीमित रहने विद्यार्थीले आइतबार फिल्डमा पुगेर अध्ययन भ्रमण गरेका छन् ।

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ पहिलो वर्ष पहिलो खण्डमा अध्ययनरत विद्यार्थीको एक समूहले निर्माण सामाग्री उत्पादन गर्ने कारखानामा पुगेर एक दिने शैक्षिक भ्रमण गरेका हुन् ।

भक्तपुर च्याम्हासिंहस्थित अध्ययन संस्थानका ४२ जना ओभरसियर पढिरहेका छात्रछात्रा इको प्यानल उत्पादन गर्दै आएको भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलमा पुगेर अध्ययन भ्रमण गरेका हुन् । विद्यार्थीले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई प्रत्यक्ष अवलोकनले प्रभावकारी बनाउने हुँदा भ्रमण गराइएको संस्थानका प्रिन्सिपल डा. रत्नसुन्दर लासिवाले जनाए ।

ओभरसियर अध्ययन गरिरहेका छात्रछात्राहरुले कारखानाको झण्डै दुई घण्टा अवलोकन गरेको गोर्खा इको प्यानलका प्रोजेक्ट म्यानेजर इन्जिनियर कृष्णसुन्दर कुम्पाखले बताए । विद्यार्थीलाई आफूहरुले उत्पादन गर्दै आएको इको प्यानलकोबारे जानकारी गराएको उनले बताए ।

उनले कारखानालाई निर्माण सामाग्री अध्ययन संस्थानको रुपमा अगाडि वढाइरहेको पनि जानकारी गराए । आजका विद्यार्थी नै भोलिका इन्जिनियर हुने भएकाले आगामी दिनमा इन्जिनियरिंग संस्थानकोवीचमा हातेमालो गरेर अगाडि वढने योजना रहेको उनले सुनाए । विद्यार्थीसँंग इन्जिनियर रमेश सुवालसहित दुई जना शिक्षकहरु पनि सहभागी रहेका थिए ।

स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री गोर्खा इको प्यानल हो । यो भूकम्पप्रतिरोधी हुनुका साथै तीव्र निर्माण सम्भव हुने निर्माण समाग्री हो । भूकम्पपश्चातको तीव्र पुननिर्माणका लागि यसको माग वढी रहेको कम्पनीको भनाई छ ।

निर्माण सामाग्रीको दुनियाँंमा नयाँंनयाँं निर्माण सामाग्रीहरु बजारमा उपलव्ध भएको बेला भूकम्पप्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामाग्री प्रयोग हुनुपर्ने कम्पनीको जोड छ । यसअघि कम्पनीले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली भक्तपुरसँंगसँंगै काम गर्ने समझदारी गरेको थियो ।
तस्वीर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...