६ जना सेवा निवृत शिक्षक सम्मानित

Sichyak samman

भक्तपुर । सेवा निवृत ६ जना भएका भक्तपुरका वरिष्ठ शिक्षकहरु सम्मानित भएका छन् ।

सेवा निवृत शिक्षक समाजले शुक्रबार भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ शिक्षकहरुमा ज्ञानलाल भोमी, विजयाप्रसाद थिके, विष्णु सुवाल, देवन्द्रबहादुर जोशी, समन्तराज शाक्य र गोपाल बासुकलालाई सम्मान गरेको हो । उनीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरे ।

सो कार्यक्रममा सेवा निवृत शिक्षकहरुको जीवनी, अनुभब समेटिएका शैक्षिक अनुभब नामक पुस्तकको पनि विमोचन गरिएको थियो । ‘हामी सवल छौं’ भन्ने नाराका साथ प्रकाशित पुस्तकमा सेव ानिवृत शिक्षकको परिचय पनि समवेश गरिएको छ ।

सम्मानित शिक्षकहरुको तर्फबाट सेवा निवृत शिक्षक बिजयाप्रसाद थिकेले आफूहरुले जीवनभर पाएको शिक्षालाई समाजको लागि उपयोग गर्न तयार रहेको जानकारी गराइन् । कार्यक्रममा समाजका अध्यक्ष अम्विकामान मानन्धर, कोषाध्यक्ष विश्वराम कवांलगायतले आफूहरु अझै सवल रहेको जनाएका थिए ।

समाजले गरेको यो तेश्रौ सम्मान र पुस्तक विमोचन हो । सेवा निवृत शिक्षक समाजले अहिलेसम्म समाजले २८ जना सेवा निवृत शिक्षकलाई सम्मान गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...