‘नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ’

Adhikari rabindra zsspmxxklw

कास्की । सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो गन्तव्य बनाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरामा सञ्चालित अन्तर्रा्ष्ट्रिय पर्वतीय सङ्ग्रहालयको हातामा आयोजित पाँचौँ ‘ग्रेट हिमालय’ महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन योजना सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।

देश सङ्घीयतामा गइराख्दा पर्वतारोहण सङ्घलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पूर्णरुपमा पालना गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्वतारोहण सङ्घले ऐननियम बनाएर हिमाल आरोहणमा अनुमति प्रदान एवं राजश्व सङ्कलन गर्ने अधिकारसमेत पाएको स्मरण गराए । पर्वतारोहण सङ्घलाई अझै व्यवस्थित बनाउन सरकार तत्पर रहेको बताउँदै उनले मेला र महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अन्तर्रा्ष्ट्रिय पर्वत दिवसका अवसरमा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्गविक्रम शाह साहसी अवार्ड-२०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड-२०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएकोे थियो ।

विश्व प्रसिद्ध कुमार खड्गविक्रम साहसी अवार्ड-२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक होङ्ग गिलले आफूले पाएको अवार्ड दिवङ्गत आरोहीप्रति समर्पित गरे । नेपाललाई आफ्नो दोस्रो घरका रुपमा आफूले लिएको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कूलको समेत स्थापना गरिसकेको उनले बताए ।

महोत्सवमा गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली, तामाङलगायत जनजाति तथा समुदायबीचको सांस्कृति नाच एवं ४० वटा खाना एवं अन्य स्टलको निरीक्षण गरी उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने सङ्घका कोषाध्यक्ष सुदर्शन न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...