हाजिरीजवाफमा चाँगुनारायण प्रथम

Hajiri jawaf vaktapur

भक्तपुर । भक्तपुरका भएको विज्ञान हाजिरीजवाफ प्रतियोगितामा चाँगुनारायण मावि भक्तपुरका अन्जु तामाङ र गणेश रावलको समूह प्रथम भएको छ ।

बागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुरको आयोजनामा भएको सो प्रतियोगितामा बासु मावि कालिघाट व्यासी भक्तपुरका रशिला आचार्य र रोशन परियारको समूह द्वितीय, तारा मावि भार्वाचो भक्तपुरका विवेक अधिकारी र मुस्कान चौगुठीको समूह तृतीय र ज्योति मावि गुण्डु भक्तपुरका विमल खुलीमुली र श्रीजाता खुलीमुलीको समूह सान्त्वना भए ।

प्रतियोगिताका विजयी विद्यार्थीलाई सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष एवं वासु मावि कालिघाट व्यासी भक्तपुरकी प्रधानाध्यापिका अम्बिका न्याइच्याइले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् ।

कार्यक्रममा आयोजक विद्यालयका प्रनाध्यापक कृष्णप्रसाद धन्छा, शारदा माविका प्रधानाध्यापक रोशनराज तुईतुई, आदर्श आजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसी, आयोजक विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक उकेश सुवाल र शिक्षक विश्वेश्वर मानन्धर लगायतले विद्यार्थीको चौतर्फी विकासमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...