इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुँदै, प्रचार प्रसार तीव्र

Paryatan mahotsab

काठमाडौं । मेची अञ्चलको पर्यटन विकासका लागि पुस ५ गतेदेखि ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ । प्रत्येक वर्ष मेची अञ्चलका चार जिल्लामा यो महोत्सव हुने छ ।

‘मेची क्षेत्र पर्यटन महोत्सव’ को सुरुवात इलामबाट हुँदैछ । पुस ५ देखि १६ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी भइसको छ । पहिलोपटक हुन लागेको सो महोत्सवमा नेपाल, भारत लगायतका स्थानहरुमा ब्यापक प्रचार प्रचार भइरहेकोले ५० हजार पर्यटक इलाम पुग्ने इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले जनाएको छ ।

करिब तीन करोड रुपैंयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति छन् ।

मेची क्षेत्रमा झापा जिल्लाभित्र केचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार क्षेत्रलगायतका पर्यटकीय स्थल छन् भने इलाममा सानी पाथिभरा, कन्याम, अन्तुडाँडा, माइपोखरी, गजुरमुखी, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, टोड्के झरनालगायतका पर्यटकीय गन्तब्यहरु चर्चामा छन् ।

त्यस्तैगरी पाँचथरमा जोरपोखरी, सिलौती, हिलिहाँङ दरबार, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङलगायतका गन्तब्यहरु छन् । ताप्लेजुङमा भने प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, कंचनजंघा हिमश्रृंखला, तिम्बुङपोखरी, मिल्के जलजले क्षेत्रलगायतका स्थानहरु पर्यटकीय गन्तब्यका रुपमा चर्चित छ ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिकी कोषाध्यक्ष दिब्या भट्टराईले महोत्सवको तयारी र प्रचार नेपाल तथा भारतका विभिन्न शहरहरुमा पनि भइरहेकोले अपेक्षा गरेअनुरुपको पर्यटक इलाम घुम्न र महोत्सव अवलोकन गर्न आउने बताइन् ।

महोत्सवको प्रचार तथा प्रवद्र्धन भारतको सिक्किम, दार्जिलिङ साथै पश्चिम बंगाल क्षेत्र र नेपालमा विभिन्न स्थानहरुमा भइरहेकाले अपेक्षा गरेअनुरुपकै पर्यटक भित्रिने आयोजको आशा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...