लुम्बिनी ‘पञ्चशील क्षेत्र’ घोषित

Lumbini panchasil ghoshana 750x470

काठमाडौं । लामो समयको बहुपक्षीय सहकार्य र सम्झौता पछि बुद्धको जन्मभूमि लुम्बिनी मासु र मदिरा मुक्त क्षेत्र हुनेभएको छ ।

मंसिर ५ मा आयोजित एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रलाई बुद्धधर्म अन्तर्गतको पञ्चशील क्षेत्र घोषणा गर्नुभयो ।

बुद्धधर्ममा पञ्चशील भन्नाले हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, व्यभिचार नगर्ने र नशालु पदार्थ सेवन नगर्ने प्रणलाई लिइन्छ जुन, सामानय बौद्धहरुहले पालना गर्नुपर्ने न्यूनतम नियम हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विश्वभरीका बौद्धहरु आउने यस ठाउँमा आउने बितिकै मासु झुण्ड्याएको देखिनु अशोभनीय भएकोमा अब यहाँ मासु, मदिरा लगायतका बस्तुहरुको बेचविखनमा प्रतिबन्ध लगाइने राम्रो प्रयास भएको बताए ।

उनले लुम्बिनीमा लुम्बिनीलाई बुद्धको जन्मभूमि मानेर मात्र पर्यटकहरु आउने भएकाले त्यसै अनुसारको धर्मिक वातावरण यहाँ बन्नु आवश्यक भएकोमा पनि जोड दिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेयले नगरपालिका तथा कोषको बिच लामो समयदेखिको छलफल र सहमतिको आधारमा यो घोषणा भएकोले गर्दा सम्बन्धित सबै क्षेत्र यसको कार्यान्वयनमा गंभीर हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले यस घोषणाले गर्दा सम्पूर्ण लुम्बिनीबासीले गौरव गर्न पाएको बताउँदै यसका लागि सबै क्षेत्रको सहयोग भएकोले सबैप्रति आभार व्यक्त गरेका छन् ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले बुद्धको जन्मभूमिमा ढिलै भएपनि पञ्चशिलका आधारभूत नियमहरु बसालिनु र यसको घोषणा गर्नु निकै सकारात्मक कदम भएको बताउँदै अब भविष्यमा यसको दिगो कार्यान्वयनका लागि पनि सम्बन्धित क्षेत्र लाग्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...