बासस्थान र खानेकुराको अभावले शिकारी चराको संरक्षणमा चुनौती

Vultures udhbwt18wg

काठमाडौं । बासस्थान र खानेकुराको अभावका कारण बाज, चील, हुचील, गिद्धलगायत शिकारी चरा, बासस्थान र खानेकुराको अभावका संकटमा पर्न थालेका छन् ।

नेपालमा अहिले ६० प्रजातिका शिकारी चरा पाइन्छन् । खेतबारीमा हालिने किटनाशक विषादी र पशु पंक्षीलाई विरामी भएका बेला खुवाइने डेक्लोफेनेक नामक औषधिका कारण पनि शिकारी चरामा प्रत्यक्ष र अप्रत्यक्ष असर पर्ने गरेको छ ।

डेक्लोफेनेक औषधि खुवाइएको पशुपंक्षी मरे पछि त्यतिकै फ्याँक्दा ती पशुपंक्षी शिकारी चराले खाने गर्दछन् । यस्ता मरेका पशुपंक्षी खाएका गिद्धको २४ घण्टामा नै मिर्गौला बिग्रिने र उनीहरु मर्ने अनुसन्धानकर्ता सन्देश गुरुङले बताए ।

यस्तै चील, बाज, महाचील जस्ता चराको मुख्य आहारा खेतबारीमा पाइने मुसा, किरा फट्याङग्रा हुन् । तर केही वर्ष यता खेतबारीमा पनि किटनाशक औषधि हाल्ने गरेकाले यि चराको स्वास्थ्यमा पनि विस्तारै असर पर्न थालेको उनले बताए ।

शिकारी चरा संकटमा पर्न थाले पछि समुदाय स्तरमा सचेतना फैलाउन अहिले नेपाल पंक्षीविद् संघ, हिमाली प्रकृतिले संरक्षणमा जोड दिँदै विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

खेतबारीमा विषदीयुक्त औषधिभन्दा अर्गानिक औषधि प्रयोग गरेर मरेका पशुपंक्षीलाई खाल्डो खनेर राम्ररी पुरे शिकारी चराको संरक्षण हुने अनुसन्धानकर्ता सन्देश गुरुङको भनाई छ । जाडो महिना लागेकाले नेपालमा अहिले आगन्तुक शिकारी चरा पनि आउन थालेका छन् ।

साइबेरिया मंगोलिया, तिब्बत, चीनलगायत देशबाट शिकारी चरा जाडो छल्न नेपाल आउन थालेका हुन् । पोखरा, काठमाडौं दाङलगायतका जिल्ला शिकारी चराको बसोबासका लागि उत्तम मानिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...