‘शिक्षालाई विज्ञान र प्रविधिमैत्री बनाउनपर्छ’

Girirajmani

लहान । शिक्षालाई विज्ञान र प्रविधिमैत्री बनाउनुपर्नेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले जोड दिएका छन् ।

सदरमुकामस्थित चन्द्र मावि सिरहामा तीन वर्षे सिभिल इन्जिनियरिङ कोर्षको उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिलाई शिक्षामा व्यपाक स्तरमा भित्र्याउनुपर्ने बताए ।

विज्ञान र प्रविधिद्वारा शिक्षामा हस्तक्षेप नगरिएमा धेरै राम्रा कुरा गर्न नसकिने उल्लेख गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए । उनले २२ बुँदे सार्वजनिक विद्यालयको सुधारको कार्यक्रम घोषणा गरेको र कार्यान्वयन गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहले ‘एक्सन प्लान’ बनाएर अगाडि बढ्नुपर्ने बताए ।

सामुदायिक विद्यालयको परिणाम राम्रो नभएकाप्रति चिन्ता व्यक्त गर्दै उनले सामुदायिक विद्यालयमा धेरै ठूलो लगानी गरेपनि भनेजस्तो रिजल्ट र प्रतिफल आउन नसकेको गुनासो गरे ।

प्रतिकृया दिनुहोस