नेपाल इन्जिनियरिङ कलेजको साधारण सभा सम्पन्न

Enginiaring clz

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ भक्तपुरमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको नवौं साधारण सभा सम्पन्न भएको छ ।

सो साधारण सभामा बोल्दै प्रतिनिधिसभा सांसद महेश बस्नेतले सामुदायिक कलेजहरुको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले गैरनाफामूलक रुपमा सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणलाई त्यही रुपमा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए ।

प्रदेश ३ का सांसद मणिराम फुँयालले निजीभन्दा सामुदायिक संघसंस्थाको विकासमा विशेष ध्यान दिनुपर्ने बताए । उनले कलेजलाई सघाउन कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

सो सभामा जिल्ला संमन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले कलेज, चाँगुनारायण नगरपालिका नगरप्रमुख तथा कलेज संचालक समितिका सदस्य सोमप्रसाद मिश्र, स्थानीय सरोकार समितिका संयोजक कृष्ण भँडेल, प्रा. डा. दीपक भट्टराईललगायतले नेपाल इन्जिनियरिङ कलेजको वर्तमान अन्यौल तत्काल अन्त्य गर्न आग्रह गरेका थिए ।

कलेजका संस्थापक अध्यक्ष तथा कलेज संचालक समितिका उपाध्यक्ष प्रा. डा. दीपक भट्टराईको अध्यक्षतामा कलेजकै पुस्तकालय भवनमा सम्पन्न भएको सो सभामा कलेजका प्राचार्य तथा कलेज संचालक समितिका सदस्य सचिव प्रा. डा. हरिकृष्ण श्रेष्ठको स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...