म्याग्दीमा हिमपहिरोमा परी ८ जनाको मृत्यु, एकजना वेपत्ता

Magdi

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्ज हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् ।

काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्ज हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए ।

दक्षिण कोरियाका किम चङ होको नेतृत्वमा ५ कोरियाली र चार नेपाली हिमाल आरोहणमा निस्किएका थिए। नेपाली नागरिकमा गुर्जाका २६ वर्षीय नेत्रबहादुर छन्त्याल रहेको बुझिएको छ तर अन्यको पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ ।

घटना शुक्रबारको हो । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजीमा जाने बुढामगरले जानकारी दिए ।

‘आज बिहान पोखराबाट गएको टोलीबाट ८ जना मान्छेको शव देख्यौं भनेर रिपोर्ट आएको छ,’ डिएसपी बुढामगरले भने, ‘तर मौसम खराब भएकाले हेलिकोप्टर बस्न नसकेर फर्किएको छ ।’

गुर्ज हिमाल चढ्नका लागि आरोहण टोली गुर्ज गाउँबाट २१ गते बेसक्याम्प तर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्ज गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा आउन ढिला गरेपछि स्थानीयहरु खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ। गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली गएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...