नेपाल इन्जिनियरिङ कलेज सञ्चालनबारे नयाँ बहस सुरु

Vaktapur news 25

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजलाई भक्तपुर चाँगुनारायण नगरपालिका वा पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने विषयमा छलफल सुरु भएको छ ।

चाँगुनारायण नगरपालिकाको व्यवस्थापन वा सम्वन्धन लिइराखेको पोखरा विश्वविद्यालयका आंगिक क्याम्पसको रुपमा सञ्चालन गर्ने दुई विकल्पका विषयमा छलफल भइरहेको बलेजले जनाएको छ ।

कलेजले बिहीबार आयोजना गरेको वडा दसैंको शुभकामना कार्यक्रमका वक्ताहरुले कलेज सञ्चालनमा उपयुक्त बाटोको खोजी भइरहेको बताए । चाँगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका सदस्य सोम मिश्रले सामाजिक संघसंस्थाको रुपमा दर्ता भई नाफा नलिने उद्देश्यले सञ्चालित कलेज त्यही रुपमा चलाउने कि निजीकरण गरेर भन्ने विवादमा निजी रुपमा चलाउने पक्ष कमजारे रहेको बताए ।

निजी रुपमा सञ्चालन गर्न कम्पनी रजिष्टर्डको कार्यालयमा दर्ता भएको नेपाल इन्जिनियरिङ कलेज प्राइभेट लिमिटेड खारेज भएकाले प्राइभेट लिमिटेड बनाई निजी रुपमा चालउने पक्ष कमजोर भएको उनले जनाए ।

सामाजिक संघसंस्थाको रुपमा दर्ता भई नाफा नलिने उद्देश्यले सात जनाको समूहबाट सञ्चालित कलेज अव नगरपालिकाले चलाउने कि पोखरा विश्वविद्यालयले चलाउने भन्ने विषयमा निर्णय हुन बाँंकी भएको जनाए । यो निर्णय सरकारबाट हुने उनले बताए । कलेज नगरपालिका सञ्चालन गर्न पनि तयार रहेको उनले स्पष्ट पारे ।

प्रदेश न ३ का सांसद मणिराम फुँयालले सामाजिक संघसंस्थाको रुपमा दर्ता भई नाफा नलिने उद्देश्यले सञ्चालित कलेज त्यही रुपमा चलाउनुपर्ने पक्षमा प्रदेश सरकार रहेको स्पष्ट पारे । शिक्षा, स्वास्थलाई निजीकरण गरे गरिव जनताले सेवा नपाउने भएकाले सामुदायिक रुपमा सञ्चालन हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका उपमेयर विना वास्तोला, नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका अध्यक्ष वचन देउजा, स्थानीय सरोकार समितिका अध्यक्ष कृष्णलाल भँडेल, चाँगनारायण नगरपालिकाका वडा नं १, २, ३ र ४ का वडाअध्यक्षहरु क्रमश राजु खडका, शिवहरी केसी, श्यामसुन्दर धिमाल र बद्रीलाल महर्जनले सामाजिक संघसंस्थाको रुपमा दर्ता भई नाफा नलिने उद्देश्यले सञ्चालित कलेज त्यही रुपमा चलाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए ।

कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ, भाइस प्रिन्सिपल दीपक धामी, कलेजका विभिन्न क्षेत्रका इन्चार्जहरुले कलेजका गतिविधिबारे चर्चा गरे ।

२०५१ सालदेखि सञ्चालित कलेज पछिल्लो एक वर्ष अगाडिदेखि सञ्चालकहरुवीच विवाद छ । कलेज निजी रुपमा प्राइभेट लिमिटेड बनाइ सञ्चालन गर्ने वा सामुदायिक रुपमै सञ्चालन गर्ने विषयमा सञ्चालकहरु दुई पक्षमा विभाजित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...