विश्वकै टप टेनमा नेपाल, सेप्टेम्बरमा मात्रै एक लाख पर्यटक भित्रीए

Tourists nv2ffn24rz

काठमाडौं । सन् २०१८ को सेप्टेम्बर महिनामा मात्रै नेपालमा झण्डै एक लाख पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा नेपालमा ९१ हजार ८ सय २० जना पर्यटक नेपालमा आएका छन् । यो संख्या गएको वर्षको सेप्टेम्बरमा नेपाल आएका पर्यटकको संख्या भन्दा ३३ दशमलब ८ प्रतिशतले धेरै हो । गएको वर्षको सेप्टेम्बरमा ६८ हजार ६ सय ६४ पर्यटक नेपाल आएका थिए ।

भारतीय पर्यटक झण्डै दोब्बर, चीन दोस्रो नम्बरमा
नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक नै आउने गरेका छन् । गएको वर्षको सेप्टेम्बरमा भन्दा यो वर्षको सेप्टेम्बर महिनामा भारतीय पर्यटक झण्डै दोब्बरले बढेका छन् ।

सन् २०१७ को सेप्टेम्बर महिनामा नेपालमा ८ हजार ३ सय ५१ जना भारतीय पर्यटक नेपाल आएकोमा यो वर्षको सेप्टेम्बर महिनामा १६ हजार ३ सय ४५ जना पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।

सेप्टेम्बरमा सबैभन्दा धेरै पर्यटक नेपाल आउने देशको दोस्रो नम्बरमा चीन रहेको छ । चीनबाट ८ हजार ३ सय ५१ जना पर्यटक नेपाल आएका छन् ।

नौ महिनामा झण्डै ८ लाख पर्यटक नेपालमा
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ को ९ महिनामा नेपालमा ७ लाख ७२ हजार ७ सय ९८ जना पर्यटक नेपाल आएका छन् । सन् २०१७ को पहिलो ९ महिनाको भन्दा यो संख्या १ लाख ८ हजार ८ सय १५ अर्थात झण्डै २० प्रतिशतले धेरै हो ।

जनवरीमा ७३ हजार ५ सय १५, फेब्रुअरीमा ९० हजार २ सय ८७, मार्चमा १ लाख २५ हजार १ सय १६ र अप्रिलमा ९८ हजार ६ सय ५० जना पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै मे महिनामा ६८ हजार ८ सय २५, जुनमा ६५ हजार १ सय ६९, जुलाईमा ७३ हजार २ सय ८३, अगष्टमा ८७ हजार ६ सय ७९ जना र सेप्टेम्बरमा नेपालमा ९१ हजार ८ सय २० जना पर्यटक नेपाल आएका छन् ।

‘नेपालमा अफसिजन छैन, पर्यटक बढ्ने विश्वभरका देशमा नेपाल टप टेनमा’
जाडो, गर्मी र बर्खाको समयलाई नेपालमा पर्यटकको अफसिजनका रुपमा लिइन्थ्यो । तर यो वर्षदेखि भने नेपालमा पर्यटकको अफसिजन समाप्त भएको नेपाल पर्यटन बोर्डका अधिकृत सुदन सुवेदीले जानकारी दिए ।

‘हामीले विभिन्न अभियान चलाएर यो बर्खामा पनि मनग्य पर्यटक भित्र्याएका छौँ, नेपालको टुरिजममा वास्तवमा अफसिजन नै छैन, पर्यटक थोरै र धेरै आउने मात्र हो, तर यो वर्षको असार, साउन र भदौमा ७० हजारको हाराहारीमा पर्यटक नेपाल आएकोले नै नेपाल १२ महिना नै पर्यटकीय गन्तव्य भएको देश भएको पुष्टि भएको छ’, सुवेदीले भने ।

उनले सन् २०१८ मा पर्यटकको संख्या बढ्ने देशमध्ये नेपाल विश्वभरिकै उत्कृष्ट १० देशमा परेको पनि जानकारी दिए ।

यो वर्ष १२ लाख पर्यटक पुग्न सक्छन्
यो वर्षको अफसिजन मानिएका ९ महिनामै नेपालमा पौने ८ लाख पर्यटक आएका छन् । मुख्य सिजन मानिएको अक्टोबर र नोभेम्बर महिना बाँकी रहेकाले अझै मनग्य पर्यटक नेपाल आउने पक्कापक्की छ । गएको वर्ष १० लाख पर्यटक नेपाल आएकोमा यो वर्ष मुख्य पर्यटकीय समयका ३ महिना बाँकी नै रहेकाले एकैवबर्ष १२ लाख पर्यटक नेपाल आउने अपेक्षा गरिएको छ ।

‘ठ्याक्कै १२ लाख त अहिल्यै भन्न सकिन्न तर नेपाल आउने पर्यटकको बढ्दो ग्राफले यो वर्ष हामी १२ लाखको हाराहारीमा पुग्न सक्ने संकेत देखिएको छ’, नेपाल पर्यटन बोर्डका अधिकृत सुदन सुवेदीले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...