अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना १५ सय

1500

डोटी । अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना एक हजार ५०० प्रदान गर्ने भएको छ ।

सायल गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने उपाध्यक्ष विष्ना सिंहले बताए । उनले भने, ‘गाउँपालिकाभरका अथान बालबालिकाको तथ्याङ्क सङ्कलन हुँदैछ, सबैलाई पढाउने निर्णय गरेका छौं ।’ सो भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा समेत सहयोग पुग्ने भएको छ ।

गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । सो अनुसार साठी वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई प्रतिमहिना ५०० भत्ता दिने दिइने भएको छ । एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भएकाले भत्ता उपलब्ध गराउन लागिएको र यस्तो निर्णय गर्ने यो गाउँपालिका पहिलो भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

उनले भने, ‘एकल पुरुषको समस्या देखेर भत्ता दिने निर्णय गर्ने हामी पहिलो जनप्रतिनिधि हौं’, यसबाट सबै एकल पुरुषलाई राहत मिल्ने छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...