विद्यालयमा नियमित पढाइको माग गर्ने विद्यार्थी स्कूलबाटै निष्कासित

School

काठमाडौ‌ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयका विद्यार्थीहरु नियमित पढाइ हुनुपर्ने माग गरेकै कारण विद्यालयबाट निस्कासनमा परेका छन् ।

विद्यालयको कक्षा १० मा अध्ययनरत २२ विद्यार्थीलाई व्यवस्थापन समितिले निष्कासनमा गरेको हो ।

विषयअनुसारका शिक्षकको व्यवस्था गरी नियमित पठनपाठन गराउन माग गरेका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले एक महिनाका लागि निष्कासन गरेको छ ।

विद्यालयले निष्कासन गरेपछि विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा लामो समयदेखि विज्ञान र कम्प्युटर विषयका शिक्षक नहुँदा नियमित पठनपाठन नै प्रभावित भएपछि १० असोजमा तालाबन्दी गरेका थिए ।

विद्यालयमा अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कक्षा १० मा अध्ययनरत २५ जनामध्ये २२ जनालाई एक महिनासम्मका लागि निष्कासन गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक पृथबहादुर थापाले बताए ।

माध्यमिक शिक्षा परीक्षा ९एसइई०, कक्षा १० को तयारी गरिरहेका विद्यार्थी निष्कासित भएपछि समस्या भएको छ ।

अमर माविमा गत जेठदेखि नै विज्ञान शिक्षक नहुँदा पढाइ भएको छैन । कम्प्युटर विषयका तत्कालीन शिक्षक रिम पाइजाले विद्यालय व्यवस्थापन समितिले तलब घटाएपछि असारदेखि अध्यापन गराउन छाडेका थिए ।

मासिक १५ हजार रुपैयाँमा शिक्षण गर्दै आएका पाइजालाई विद्यालयले १० हजारमा अध्यापन गराउन भनेपछि उनले पढाउन छाडेका थिए । सो विषयमा विद्यालयले विज्ञापनमार्फत नयाँ शिक्षक नियुक्त गरे पनि उनले समेत बीचैमा छाडेपछि पठनपाठन भएको छैन।

विद्यार्थीले विद्यालयको समस्या र वास्तविकता नबुझेको प्रधानाध्यापक थापाको भनाइ छ ।

अध्ययनको व्यवस्था गर्न गाउँपालिकाको निर्देशन विद्यालय र व्यवस्थापन समितिले विद्यार्थीलाई अध्ययनबाटै वञ्चित गराउने गरी गरेको निर्णय तत्काल बदर गरी उनीहरूलाई सहज अध्ययनको व्यवस्था गर्न रघुगंगा गाउँपालिकाले निर्देशन दिएको छ ।

स्रोतव्यक्ति बालकृष्ण उपाध्यायले विद्यालयले विद्यार्थीलाई आन्दोलन गरेको कारण निष्कासन गरेको जानकारी गराएलगत्तै वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रअलाई तुरुन्त बालबालिकालाई सहज अध्ययनको वातावरण मिलाउन निर्देशन दिइएको हो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘जनप्रतिनिधिसमेतको उपस्थितिमा बसेको बैठकले गरेको निर्णय कानुनविपरीत छ, तत्काल निर्णय सच्याउन भनेको छु, यहाँबाट समेत टोली खटाएर थप समस्या बुझ्ने तयारी गरेका छौँ  ।’

सो विद्यालय गत जेठमा कार्यालय सहयोगीलाई समेत विनाकारण हटाउने निर्णय गरेर विवादमा आएको थियो । वडाध्यक्ष देउप्रसाद पुनसमेतको उपस्थितिमा आइतबार बसेको व्यवस्थापन समिति बैठकले आन्दोलित विद्यार्थीलाई एक महिनासम्मका लागि निष्कासन गर्ने निर्णय गरेको थियो ।

बालबालिकालाई अध्ययन नै गर्न नदिने गरी विद्यालयले गरेको निर्णय लज्जास्पद रहेको अभिभावकहरूको गुनासो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...