सगरमाथासहित ८ हिमाल हेर्न सकिने ‘एभरेष्ट भ्यू टावर’ निर्माण हुने (भिडीयोसहित)

Everest view tower li

उदयपुर । सगरमाथालगायत आठओटा हिमाल हेर्न सकिने लिम्चुङबुङ गाउँपालिकाले निर्माण गर्न लागेको ‘एभरेष्ट भ्यू टावर’ को थ्रीडी म्याप (डिजिटल भिडियो नक्सा) तयार भएको छ ।

‘एभरेष्ट भ्यू टावर’ ७२ फिटको हुनेछ । भ्यूटावरको टुप्पोमा १६ फिट उचाइको चिन्डो (वाबु) राखिनेछ । ७२ फिट उचाइको भ्यू टावरबाट एकैपटक ५० जनाले उत्तरतिर सगरमाथा, नुम्बुर, महालंगुर, गौरीशंकर, जुगललगायतका आठ ओटा हिमाल आँखैअगाडि देख्न पाउनेछन् । दक्षिणतिर हेर्दा तराईका लोभलाग्दो फाँट देखिन्छ । पूर्व्तिर र पश्चिमतिर पनि दृश्यावलोकन गर्न सकिन्छ ।

कलाकार विक्रम श्रीको नेतृत्वमा भारतको आसामका इन्जिनियर मीठु मलहरीको सहभागितामा डिजिटल नक्सा तयार गरिएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकालाई पर्यटनसँग जोडन भ्यू टावरको योजना अघि सारिएको अध्यक्ष मेजर राईले बताउनुभयो । भ्यू टावर निर्माण गर्न चालु आर्थिक वर्षमा प्रदेश र केन्द्रबाट ४५ लाख विनियोजन भएको र गाउँपालिकाबाट दुई करोड छुट्ट्याइएको छ ।

भ्यूटावरसँगै दुई सय रोपनी क्षेत्रफलमा लिम्चुङबुङ पार्क बनाइनेछ । आधुनिक भव्य पार्क भित्रै ‘चिल्ड्रेन पार्क’, रिसोर्ट र पर्यटक सूचना केन्द्र बनाइनेछ । होमस्टे सञ्चालन गरिनेछ । 

बन्न लागेको ‘एभरेष्ट भ्यू टावर’ र लिम्चुङ पार्क भएर खोटाङको हलेसी, तुवाचुङ, ओखलढुंगा र सोलुखुम्बु पुग्न सकिन्छ । घुमघामबाहेक काम विशेषले खोटाङ, ओखलढुंगा र सोलुखुम्बु पुग्नेले भ्यू टावर र पार्कमा एकैछिन सुस्ताउन सक्छन् ।

‘एभरेष्ट भ्यूटावर’ र लिम्चुङबुङ पार्कको आम्दानी स्रोत खोटाङको हलेसीसँग पनि जोडिनेछ । ‘हलेसीमा पर्यटक आवागमन जति वृद्धि हुन्छ, त्यसको फाइदा हलेसीले नै लिन्छ,’ लिम्चुङबुङ गाउँपालिका प्रमुख राईले भन्नुभयो, ‘हलेसीले जति नै हामीले लाभ नपाए पनि थोरै त पाउँछौं नि । त्यसैले हलेसीसँग साझेदारी विकास खोजिरहेका छौं ।’

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...