कलेज स्थायित्वको लागि नगरपालिकाको पहल सुरु

Nepal engineering college

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा एक वर्षदेखिको विवाद समाधान गरी कलेजलाई स्थायित्व दिन चाँगुनारायण नगरपालिकाले पहल सुरु गरेको छ ।

चाँगुनारायण नगरपालिकाको सभाकक्षमा भएको पहिलो छलफलमा भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विणा बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद लुँइटेल र कलेज व्यवस्थापन समितिका पाँच जना सदस्यहरूको उपस्थिति थियो ।

गैरनाफामुलक सामाजिक संस्थाको रुपमा चाँगुनारायण नगरपालिकामा स्थापित तथा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई नीजिकरण गरी बेच्न पाउनुपर्छ भन्ने पक्षका कलेज सञ्चालकहरू लम्वोदर न्यौपाने, सुर्यबहादुर केसी, लवराज भट्टराई, डा. उपेन्द्र गौतम र डा. रामरत्न उपाध्यायले छलफल कार्यक्रमलाई बहिस्कार गरे ।

कलेजका संस्थापक सदस्यहरू प्रा. डा. दिपक भट्टराई र हरिप्रसाद पाण्डेले कलेजका भावी प्रारुप पेश गरे ।

कलेजका प्राचार्य तथा कलेज संचालक समितिका सदस्यसचिव प्राडा हरिकृष्ण श्रेष्ठले कलेजलाई स्थायित्व दिन पोखरा विश्वविद्यालयले हालै चालेका कदमहरूबारे जानकारी दिए । नगरप्रमुख मिश्रले कलेजलाई स्थायित्व दिन आवश्यक परेमा प्रदेश सरकारँंग समन्वय गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...