विद्यार्थीको मुख्य आकर्षण बन्दै सिभिल इन्जिनियरिङ

Inginiyaring student

काठमाडौं । इन्जिनियरिङ पढ्ने विद्यार्थीको मुख्य आकर्षण सिभिल देखिएको छ । यही कारण प्ल टुको रिजल्टपछि धेरै विद्यार्थी इन्जिनियरिङ तर्फको सिभिलमा अत्याधिक प्रतिस्पर्धाका साथ भर्ना पाउने क्रममा छन् ।

प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहमा भर्ना हुने समय छ । साथसाथै इन्जिनियरिङमा भर्ना हुने समय पनि । साइन्स पढेर प्लस टु पास गरेपछि वा तीन वर्षे डिप्लोमा तह पूरा गरेपछि स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । स्नातक तहका इन्जिनियरिङ पनि विविध विधामा छन् ।

स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा भर्ना हुन सकिन्छ । यी कोर्षहरुमध्ये अधिकांश चार वर्षे छन् । समाजमा सबै इन्जिनियर प्रतिको सम्मान उत्तिकै भए पनि धेरैको आकर्षण सिभिल बन्न पुगेको हो ।

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राध्यापक डा. हरिकृष्ण श्रेष्ठका अनुसार सिभिलपछि आर्किटेक्ट प्रतिको आकर्षण बढी छ । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभवमा यसपछि क्रमशः सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन प्रतिको आकर्षण बढी छ ।

एकजना विद्यार्थी विमल यादब सिभिलको अध्ययन पूरा भएपछि तत्कालै रोजगारी पाइने भएकाले आफू सिभिलप्रति आकर्षित हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘यसबाहेक राम्रो कमाई पनि गर्न सकिने भएकाले मैले यो विषय रोजेको हुँं ।’

नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्यांकअनुसार त्रिभुवन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियरिङ विषयको पठनपाठन गराइरहेका छन् ।

तथ्यांकअनुसार देशभर त्रिभुवन विश्वविद्यालयअन्तर्गत १४, पोखरा विश्वविद्यालयअन्तगर्त १४, काठमाडौं विश्वविद्यालयअन्तर्गत दुई, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिङका पढाईहरु भइरहेका छन् । यस हिसावले देशभरबाट वार्षिक नौ हजार इन्जिनियरहरु उत्पादन हुने तथ्यांकले देखाउँछ ।

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरकै उप प्राचार्य सहप्राध्यापक दीपक धामी बढी विद्यार्थीको अकर्षण भएको सिभिल लगायतका विषयमा सीट फुल भइसकेको बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...