प्रदेश नं १ बाट क्षुद्र ग्रहको खोजी !

Xudra garha

काठमाडौं । प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।

देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो ।

यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले भाग लिनसक्ने छन् ।

सोसाइटीले ३० समूहलाई मात्र सहभागी गराउने भएकाले इच्छुक विद्यार्थीलाई सम्पर्कका लागि अध्यक्ष सुरेश भट्टराईले आह्वान गरे ।

भाग लिन इच्छुकलाई भदौ १९ र २० गते इटहरी इन्टरनेशनल कलेजमा अभिमुखीकरण कार्यक्रम चलाइने छ ।

एक समूहमा पाँच विद्यार्थी एक शिक्षक हुनुपर्नेछ । प्रत्येक समूहलाई आकासीय ग्रहसम्बन्धी फरक÷फरक तस्बिर उपलब्ध गराइने छ ।

छ वर्षदेखि राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानलाई निरन्तरता दिँदै आएको सोसाइटीले जनाएको छ । यस वर्षको खोज प्रदेश १ बाट शुरु गरिएको हो ।

खोजले भविष्यमा विद्यार्थीमा अझ बढी अनुसन्धानमा लाग्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ ।

मङ्गल र वृहस्पतिका बीचमा रहेको क्षुद्रग्रह पत्ता लगाउने समूहले आफूले चाहेअनुसार नामाकरण गर्न सक्नेछ ।

भाग लिन चाहने विद्यालयमा इन्टरनेट सुविधासहित एउटा कम्प्युटर अनिवार्य हुनुपर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...