उपत्यकाव्यापी स्पेलिङ कन्टेस्टमा मनकामना प्रथम

Bhaktapur

भक्तपुर । एभरेष्ट इंगलिश स्कुल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कुल स्पेलिङ कन्टेस्टमा मनकामना इगलिश स्कुल कमलविनायक भक्तपुर प्रथम भएको छ ।

प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कुल नयाँं वानेश्वर काठमाडौं तृतीय भए ।

बिहीबार भएको फाइनल प्रतियोगिताका विजयीहरुलाई विहीबार नै टफी, मेडल र प्रमाणपत्र वितरण गरियो । शिक्षा विकास तथा समन्वय एकाई (पहिलाको जिल्ला शिक्षा कार्यालय) भक्तपुरका प्रमुख हरिप्रसाद दाहालले विजयी स्कुल तथा विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, श्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीलगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिएका थिए ।

प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न सामुदायिक तथा निजी तथा आवासीय गरी ११ स्कुलका विद्यार्थी प्रतिस्पर्धी रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...