ओम बैंकले विद्यालयलाई कम्प्युटर प्रदान गरे

Computer give us om nank

काठमाडौं । कास्कीको भुम्दीस्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई ओम डेभलपमेन्ट बैंकले डेक्सटप कम्प्युटर प्रदान गरेको छ ।

विद्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ र प्रधानाध्यापक मधुप्रसाद बराललाई बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक विजय ढकालले उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघ–संस्थाहरूलाई यसैगरी विभिन्न आर्थिक तथा भौतिक सहयोगहरू गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

बिकास बैंकले असार मसान्तसम्म २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ५० हजार, एटीएम संख्या १९ रहेको र बिकास बैंकहरूमध्ये शाखारहित बैंकिङ सेवा प्रदान गर्ने पहिलो विकास बैंक हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...