सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालयमा नियमित पढाई

कृषि विश्वविद्यालय

चितवन । क्याम्पसहरुलाई सम्बन्धन दिने विषयमा किचलो भइरहने कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए ।

विश्वविद्यालयको उक्त निर्णय सरकारले खारेज गरेपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन फिर्ता लिएसँगै पठनपाठन नियमित सञ्चालन भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले प्रशासन र पठनपाठन नियमित सञ्चालनमा आएको बताए ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले गत असार २० गते निजी आठ क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो । यससँगै प्राध्यापक र विद्यार्थीले गत असार २६ गतेदेखि विश्वविद्यालयको प्रशासन र पठनपाठन अवरुद्ध पारेका थिए ।

विश्वविद्यालयले कृषि स्नातकतर्फ पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतलाई तथा वन स्नातकतर्फ सिद्धान्त क्याम्पस गैँडाकोटलाई सम्बन्धन दिएको थियो । मन्त्रिपरिषद्को बैठकले ती सबै क्याम्पसको अस्थायी सम्बन्धन दिने निर्णय रद्द गरेको पत्र विश्वविद्यालयलाई पठाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...