‘पर्यटकीय क्षेत्र ठमेलको सुरक्षा अवस्था देशकै प्रतिष्ठा झल्काउँछ’

Thamel bazar

काठमाडौं । विदेशी पर्यटकको मुख्य केन्द्र ठमेल क्षेत्रको सुरक्षा अवस्था अन्तर्राष्ट्रिय जगतमा देशकै प्रतिष्ठासँग जोडिएको सरोकारवालाहरुले बताएका छन्।

महानगरीय प्रहरी वृत्त लैनचौरले शनिवार आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’का वक्ताहरुले प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि स्थानीय सहयोग आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले काठमाडौँको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्दै आइरहेको बताए।

काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले ठमेल क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न प्रहरीले सोचेजस्तो काम गर्न नसकेको बताए । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठमेलमा आउने पर्यटकलाई सहज वातावरण बनाउन प्रहरी र जनप्रतिनिधि हातेमालो गरेर अगाडि बढ्नपर्ने आवश्यकता रहेको औल्या ।

काठमाडौँ महानगरपालिका– १७ का अध्यक्ष नवीन मानन्धरले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन सबै लाग्नुपर्ने बताए ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले जनसमुदायबाट पाएका सल्लाह र सुझावका आधारमा प्रहरीले काम गर्दे आइरहेको बताए ।

लैनचौर प्रहरीले एक महिनाको अवधिमा ६ हजार ६९२ सेवाग्राहीको गुनासो सम्बोधन, ३९ पर्यटकको समस्या समाधान, ज्यान मार्ने उद्योगमा संग्लन चारजनालाई पक्राउ, रु २० लाखसहित एक हुण्डी कारोबारी पक्राउ, विभिन्न वन्यजन्तुको छालासहित ६ पक्राउ, मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरिसकेको वृत्तप्रमुख केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...