शिखरकटेरीमा रामायण घरको निर्माण

Ramayan houser

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका- ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ३ करोडको लागतमा सो घर निर्माण हुन लागेको हो ।

भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण कार्य भइरहेको हो । हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।

निर्देशक रानाभाटका अनुसार २ ढलानको सो भवन साहित्यिक कार्यक्रम गर्ने सभाहल, भवनको भित्तामा रामायणमा भएका श्लोक र रामायणसँग सम्बन्धित तस्वीर कुँद्ने योजना बनाइएको छ ।

रामायण भवनको निर्माण हुनथालेपछि साहित्यिक पर्यटकको ओइरो लाग्ने गरेको छ । १० रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका संरचना निर्माण गर्ने गुरु योजना बनाइसकेको समितिका अध्यक्ष श्रीभक्त आचार्यले बताए । उनले १९ करोडको गुरुयोजना तयार गरिएको जानकारी दिए ।

चुँदीरम्घाबेँसीदेखि शिखर कटेरीसम्म पुग्ने करीब ३ किलोमिटर कच्ची मोटरमार्ग निर्माण गरिए पनि वर्षाका कारण हिलाम्मे हुँदा पर्यटकलाई आवतजावत गर्न समस्या पर्ने गरेको छ । सडक कालोपत्रका लागि सरकारसँग बजेट माग भइरहेको समितिका अध्यक्ष आचार्यले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...