हामी निजी शिक्षाको विरोध गर्दैनौंः दाहाल

Prachanda

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निजी शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा दिएको भन्दै तारिफ गरेका छन् । शनिबार प्याब्सनद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी शिक्षामा निजीकरणको विरोधी नभएको स्पष्ट पारे ।

आफूहरु शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीको विरोधि नभएको भन्दै अध्यक्ष दाहालले नेपालको शिक्षामा निजी क्षेत्रले गरेको मिहिनेतको प्रशंशा गर्दै गुणस्तरीय शिक्षामा अझै जोड दिन पनि आग्रह गरे।

अध्यक्ष दाहालले जीवन उपयोगी शिक्षामा सबैले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले शिक्षा,स्वास्थ्य र रोजजारीलाई सर्वसुलभ र सहज बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

अध्यक्ष दाहालले आफ्नो बाँकि जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने पनि बताए। अध्यक्ष दाहालले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सारे।

उनले पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अव मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प रहेको बताए। अध्यक्ष दाहालले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको पनि स्मरण गराए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...