सरकारी विद्यालय गुणस्तरीय बनाउनुपर्नेमा जोड

Rn

काठमाडौं । विद्यालयलाई भौतिक रुपमा मात्र नभइ गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्ने आवश्यकता औल्याइएको छ ।

बूढानीलकण्ठ वडा नं २ स्थित गणेश माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रमका सहभागी वक्ताले सरकारी विद्यालय पढाइको गुणस्तरलाई सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

काठमाडौँ क्षेत्र- ४ का प्रतिनिधिसभा सदस्य एंवम पूर्वमन्त्री गगनकुमार थापाले हरेक सरकारी विद्यालयले सबै सेवा सुविधा प्राप्त गरेपनि गुणस्तरीय शिक्षा उपलब्ध गराउन नसक्नु दुखद् भएको बताउँदै ‘‘निजी विद्यालयले कम जनशक्ति र साधनस्रोतमा पनि गुणस्तरीय विद्यार्थी उत्पादन गर्न सक्नु तर भौतिक सुविधा, भवन, सरकारी सेवा सुविधासहितका जनशक्ति भएका सरकारी विद्यालयको गुणस्तरीय विद्यार्थी उत्पादन गर्न नसक्नुका कारण के हो ? भनी प्रश्न गर्नुभयो । ’’

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले बूढानीलकण्ठमा १२० मध्ये १९ सार्वजनिक विद्यालय रहेको जानकारी दिदैं सार्वजनिक विद्यालय सधैँ अभावमा रहने भएकाले त्यहाँको विद्यार्थी कम हुने, गुणस्तरीय पढाइ नहुने समस्या रहेको बताए ।

विस २०७२ वैशाखको विनाशकारी भूकम्पपछि विद्यालयको भौतिक संरचना क्षतिग्रस्त भएपछि ग्लोबल सेर्पस काठमाडौँको आर्थिक सहयोगमा ३ तले पक्की भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

२ करोड २५ लाखको लागतमा सो विद्यालय भवन निर्माण भएको हो ।

प्रतिकृया दिनुहोस