विश्व बाघ दिवस : विश्वमै बाघको संख्या घट्दै

Tiger nepal

काठमाडौं । विश्व बाघ दिवस आइतबार नेपालमा पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।

सन् २०१३ मा नेपालभर बाघको संख्या १ सय ९८ रहेकोमा यस वर्ष ३४ भन्दा बढी बाघ बढेर २ सय ३२ भन्दा बढी पुगेको छ ।

निकुञ्ज विभागका अनुसार शुक्लाफाँटामा बाघको संख्या सन् २००९ मा भन्दा बढेको छैन भने चितवनमा अघिल्लो गणनाभन्दा २२ बाघ घटेको देखिएको छ । तर यो बर्ष बाघको संख्या सरकारले सार्वजनिक गरेको छैन ।

मुलुकभर बाघको संख्या बढे पनि पर्यटकीय क्षेत्र चितवनमा बाघको संख्या घटनुलाई चिन्ताको विषय मानिएको छ । नेपालको चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन क्षेत्रका बाघ पाइन्छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरूको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै आगामी सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुसार बाघ संरक्षणका लागि नेपालका विभिन्न कार्यक्रम हुँदै आएका छन् । बर्षेनी बाघको गणना समेत हुने गरेको छ ।

विश्वका १३ देशमा मात्र बाघ पाइएको छ । एसियाको नेपाल, भारत, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, भुटान, लाओस, म्यानमार, उत्तर कोरियालगायतका देशमा बाघ पाइन्छ । सय वर्षअघि लाखको हाराहारीमा रहेका बाघको संख्या विभिन्न कारणले घटेर ३ हजारको हाराहारीमा मात्रै रहेका छन् ।

प्रतिकृया दिनुहोस