चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण आउने पर्यटकको सँख्या बढदैँ

Chitawan park

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण आउने पर्यटकहरुको संख्या बृद्धि भएको छ ।

भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक खण्डका कारण विगत ३ वर्षदेखि घटेको पर्यटकको संख्या गएको आर्थिक वर्षमा बढेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा १२ हजार ६९३ बढी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । अहिलेसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७१/०७२ मा १ लाख ८४ हजार पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । चितवनमा आउनले पर्यटकको संख्या अद्यावधिक गर्ने आधीकारीक निकाय नभए पनि निकुञ्जले मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने पर्यटकको विवरण संकलन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ८७ हजार ३९१ पर्यटक र आर्थिक वर्ष २०७३र०७४ १ लाख ३९ हजार ९७८ पर्यटकले निकुञ्ज अवलोकन गरेको यिथो । गत आर्थिक वर्ष २०७४/०७५ मा १ लाख ५२ हजार ६७१ जना पर्यटक निकुञ्ज भित्रिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

निकुञ्जले विदेशी पर्यटकको १ हजार ५००, सार्क मुलुकका ७५० र नेपाली पर्यटकसँग १०० रुपैयाँ भ्याट बाहेक शुल्क लिने गरेको अर्यालले जानकारी दिए । निकुञ्जले आर्थिक वर्ष २०७४/०७५ मा पर्यटक प्रवेश शुल्कबाट मात्रै १६ करोड ७८ लाख ५४ हजार ६५० रुपैयाँ संकलन गरेको उनले बताए ।

निकुञ्जले गएको आर्थिक वर्ष २०७४/०७५ मा सम्पूर्ण शीर्षकमा गरी २४ करोड ८१ लाख ९९ हजार ९९८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

निकुञ्जले आर्थिक वर्ष ०७३/०७४ मा २२ करोड ५१ लाख ६३ हजार ४०९ रुपैयाँ राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा १३ करोड १२ लाख २० हजार २५५ रुपैयाँ राजश्व संकलन भएको निकुञ्जले जनाएको छ ।

प्रतिकृया दिनुहोस