पोखरा-सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालन हुने

New bus

काठमाडौं । सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालन हुने भएको छ ।

पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।

ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर १ हजार ५०० रहेको छ । सो भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने छन् ।

बसमा आरामले सुतेरसमेत यात्रा गर्न सकिने छ । सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने बताए ।

पछिल्लो समय पर्यटकले सुविधा खोज्दै गएको भन्दै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवतजावतका लागि सहज हुने छ । पोखरा जगदम्भा ट्राभल्सको बस बिहान सढे ७ बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ । सो ट्राभल्सका ६० वटा बस पोखराबाट काठमाडौँ, विराटनगर, धनगडी, काँकडभित्ता, धरानलगायतका शहरमा सञ्चालन भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साउन महिनाको अन्तिम शनिबार, श्री शनी देवको पुजा गर्दै हेर्नुस् आज साउन ३१ गतेको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समा...