प्रशासनकै गेटमा धर्नामा बसे केसी

Dr kc protest

जुम्ला । डा. गोविन्द केसी आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालयकै गेटमा धर्ना बसेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डा. केसीलाई २ सय मिटर वर नै सुरक्षाकर्मीले रोकेपछि प्रशासन अगाडि नै धर्नामा बसेका हुन् ।

डा. केसीले समर्थकसहित प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा बस्न थालेका हुन् । जिल्ला प्रशासन कार्यालय परिसरमा अहिले केसीका समर्थकहरु हातमा प्लेकार्ड लिएर बसिरहेका छन् । सुरक्षाकर्मीले माइकिङ गर्दै धर्ना छाड्न आग्रह गरिरहेको छ ।

शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै आफूलाई प्रतिष्ठानमा अनसन बस्न नदिएसम्म धर्नामा बस्ने केसीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...