घट्यो एसईई उत्तीर्ण दर, खस्कियो गुणस्तर

See exam

काठमाडौं । २०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक त भयो । तर, यसको नतिजाले भने शिक्षा क्षेत्रमा निरासा तुल्याएको छ ।

एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् ।

लोकसेवा आयोगले २ जीपीए ल्याएका मात्रै निजामती सेवामा प्रवेश गर्न पाउने आधार तय गरेको छ । कक्षा ११ भर्ना हुन १.६ जीपीए अनिवार्य हुनुपर्ने व्यवस्था छ । १.६५ भन्दा बढी ल्याउने विद्यार्थीको नतिजा हेर्दा हरेक वर्ष खस्किएको देखिन्छ ।

अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि एसईईको नतिजा गतवर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको छ । गतवर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यसवर्ष ७५.९२ प्रतिशतमा झरेको हो ।

यस वर्ष साधारणधारतर्फ नियमित ४ लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा ८ हजार ९ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए ।

माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थीको संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल ४ लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् ।

तीन वर्षअघि यही समूहको जीपीए ल्याउने विद्यार्थी ८४.३३ प्रतिशत थिए । यसवर्षदेखि कक्षा १० मा गणितबाहेक अनिवार्य सबै विषयमा २५ प्रयोगात्मक नम्बरको व्यवस्था छ ।

११ कक्षा अध्ययन गर्न कम्तीमा १.६ जीपीए अनिवार्य ल्याएकै हुनुपर्ने प्रावधान छ । दुई वर्षअघि १.६५ देखि २ जीपीए ल्याउने विद्यार्थी २३.८४ प्रतिशत थिए । गतवर्ष बढेर २४.३४ पुग्यो । यसवर्ष यो प्रतिशत घटेर २२.३७ प्रतिशतमा झरेको छ ।

३.६५ देखि ४ जीपीए ल्याउने कुल विद्यार्थी ३.१५ प्रतिशत मात्रै छन् । यो समूहको जीपीए ल्याउनेमा गतवर्षभन्दा केही सुधार भएको छ । गतवर्ष २.७५ प्रतिशत मात्रै थियो । दुई वर्षअघिको नतिजाको तुलना गर्ने हो भने यो समूहको जीपीए प्राप्त गर्ने शून्य दशमलव ११ प्रतिशतले घटेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...