बल्ल आयो एसईइको रिजल्ट, कसरी थाहा पाउने रिजल्ट ?

See exam

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा प्रकाशन गरेको छ ।

बोर्डले आज दिउँसो ४ बजे नै नतिजा सार्वजनिक गर्ने बताए पनि प्राविधिक समस्या जनाउँदै तोकिएको समयभन्दा पौने ४ घण्टा ढिलो नतिजा सार्वजनिक गरेको हो ।

गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागीभएका थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो ।

अर्काे वर्षदेखि भने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।

नतिजा कसरी थाहा पाउने ?
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...