कामाछिरिङले बनाए हिमाल आरोहणको वृत्तचित्र

Karmachiring britchitra

काठमाडौं । हिमाल आरोही कामाछिरिङ शेर्पाले हिमाल आरोहण, समस्या समाधान र हिमाल आरोहणका नायक शेर्पाहरुको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेका छन् ।

शेर्पाले लामो समय लगाएर वृत्तचित्र तयार पारेका हुन् । उनले सो वृत्तचित्रमा नेपालका हिमालहरुको महत्वलाई प्राथमिकतासाथ उठाउएका छन् ।

शेर्पाले आफैंले पनि दुई पटक सगरमाथाको सफल आरोहण गरी सकेका छन् । उनले आफुले सगरमाथा आरोहणका क्रममा कैद गरिएका दृष्य पनि वृत्तचित्रमा समावेश गरेका छन् ।

काठमाडौदेखि सगरमाथा आरोहण गर्दासम्मका दृष्य वृत्तचित्रमा समेटिएको छ । हिमाल आरोहणमा ज्यान गुमाएका नेपाली आरोहीको कथा समेत वृत्तचित्रमा समावेश गरिएको छ । हिमाल चढ्दाको दर्दनाक अवस्था झल्काइएको सो वृत्रचित्रमा आरोहणका क्रममा कतिले ज्यान गुमाए भन्ने तथ्याङ्क समेत प्रस्तुत गरिएको छ ।

हिमाल आरोहणलाई युद्धसँग तुलना गर्दै शेर्पाले आरोहण गर्दाको समस्या, ज्यान गुमाउँदा परिवारले व्यहोर्नुपर्ने दुःख, अंगभंग भएका आरोहीहरुको कारुणीक कथालाई यथार्थ रुपमा वृत्तचित्रमा प्रस्तुत गरिएको शेर्पा बताउँछन् ।

शेर्पाले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वृत्रचित्र निर्माण गर्दाको दुःख सुनाए । ‘नेपाली शेर्पाहरुको साहस, धेर्यताबारे र समग्र नेपालको पर्यटन क्षेत्रको अवस्था झल्काउने कोशिस गरेको छु’ उनले भने, ‘हिमाल चढ्ने ओरोहीको अवस्था बारे कसैले बोल्दैनन्, राज्यले त्यही आरोहबिाट कर मात्रै उठाउँछ । त्यो अवस्थाको पनि चित्रण गरेको छु ।’

उनले आफ्नो वृत्तचित्रमा हिमाल आरोहण मात्र हैन, समग्र पर्यटन क्षेत्रमा देखिएका बेथिति र समाधानका उपायबारे पनि वृत्तचित्रमै देखाएका छन् । वृत्तचित्रले आरोहीका आश्रित परिवारलाई राज्यले शिक्षा, स्वास्थ्यको व्यवस्था गरिदिनु पर्ने, अंगभंग भएकाहरुको उपचारको व्यवस्था गरिदिनु पर्ने, बृद्ध आरोहीहरुको लागि सामाजिक सुरक्षाको व्यवस्था ग्यारेण्टी हुनुपर्ने, पर्यटकको सुरक्षा लगायत पनि समेटेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...