कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि पठनपाठन प्रभावित

Chatra

कैलाली । कैलाली जिल्लाको एक विद्यालयमा शिक्षकले कक्षाकोठामा पढाउँदा पढाउँदै विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालयको पढाई नै प्रभावित भएको छ ।

बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित जगदम्बिके भगवती माविमा विद्यार्थी पढ्दै गर्दा मुर्छा पर्न थालेपछि विद्यालयको नियमित पढाई प्रभावित हुन थालेको हो । गएको बर्षदेखि यो समस्या हुन थालेको विद्यालय प्रशासनले जनाएको छ ।

सुरुमा एक दुई जना विद्यार्थीमा मात्रै यस्तो लक्षण देखिएको भएपनि अहिले बिरामी विद्यार्थीहरुको संख्या बढ्दै गएको विद्यालय श्रोतको भनाइ छ । अघिल्लो जेठ महिना यता झनै हरेक दिन समस्या देखिन थालेको विद्यालय स्रोतले जनाएको छ ।

सोमबार मात्रै ६ जना छात्रा बेहोस भएका छन् । विद्यालयमा कक्षा ३ देखि ९ सम्म अध्ययनरत ८ देखि १० जनासम्म विद्यार्थी छात्रामा यो समस्या हुने गरेको छ । खासगरी गर्मीयामको बैशाख, जेठ र असार महिनाको अवधिमा यो समस्या धेरैजसोमा देखापर्न थालेको छ ।

निमित्त प्रधानाध्यापक दिलराज गौतमका अनुसार पढ्दै गरेका विद्यार्थी छात्राहरु अकस्मात मुर्छा पर्ने, अर्धचेत अवस्थामा रुने, कराउने, समूहमा हात बाँधेर हिड्ने, विभिन्न कुरा बक्ने गरेका छन् ।

उनीहरूमा टाउको र हातखुट्टा दुख्ने, रिँगटा लाग्ने र रुने कराउने जस्ता लक्षण देखिने गरेका छन् भने, बिरामीपिच्छे फरकफरक छात्राले फरकफरक लक्षण देखाउने गरेका छन् ।

दैनिकजसो विद्यार्थीलाई यो समस्या देखिन थालेपछि यसअघि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर चौधरीको निर्देशनमा २ दिन विद्यालय नै बन्द गरिएको थियो ।
अभिभावकले भने समस्याको पहिचान गरि तत्काल समाधान खोज्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...