प्रदेश ४ सरकाले सुरु गर्यो ‘अतिथिदेवो भवः अभियान’

Sarangkot pokhara

पोखरा । प्रदेश नं ४ सरकारले पर्यटन प्रवद्र्धनलाई विशेष महत्व दिएको जनाएको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै पर्यटकलाई धेरै पटक यस प्रदेशमा आउने वातावरण तयार पार्ने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले पटकपटक मात्र होइन धेरै पटक यस प्रदेशमा पर्यटक आउने वातावरणको सिर्जना गरिने बताए । उनले गुणस्तरीय सेवा र नयाँ पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाई अवधिमा वृद्धि गरिने बताए । उनले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने जानकारी दिए ।

सरकारले पर्यटन क्षेत्रको एकीकृत विकास गर्न स्पष्ट कार्ययोजना र लागतसहितको पर्यटन गुरुयोजना तयार गर्न रु एक करोड छुट्याएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनको सोचका साथ ३०० गाउँलाई नमूना पर्यटकीय गाउँका रुपमा विकास गर्न होमस्टे पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि रु ३० करोड विनियोजन गरिएको छ ।

ग्रामीण पर्यटनको विकासका लागि सरकारले देखाएको तदारुकता कार्यान्वयनमा कसरी अघि बढ्छ भन्ने विषय भने पर्ख र हेरको अवस्थामा रहेको उहाँको भनाइ छ । सरकारले प्रदेशमा नयाँ पदमार्गको निर्माण, मर्मत सुधार, सौन्दर्यकरण र सूचना केन्द्रसमेतका लागि रु छ करोड छुट्याएको छ ।

बजेट वक्तव्यमा निजी क्षेत्रसँगको सहकार्यमा फेवाताललाई सौन्दर्यकरण र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मल्टीमिडिया म्युजिकल फाउन्टेन, ड्यामसाइडदेखि शान्ति स्तुपसम्म क्यानोपी वाक र वाटरलेभलमा ग्लासब्रिज निर्माणको विस्तृत आयोजना प्रतिवेदन तयारका लागि रु आठ करोड प्रस्ताव गरिएको छ ।

संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशमा रहेका ताल, कुण्ड र पोखरीको संरक्षणका लागि ताल संरक्ष्ण विकास प्राधिकरण गठन गरी कार्यान्वयन गरिने सरकारको लक्ष्य छ ।

अन्नपूर्ण मनास्लु संरक्षण क्षेत्र तथा विभिन्न प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्र तथा ग्रामीण पर्यटन केन्द्र, होमस्टे, पदयात्रामार्गलाई नियमन र व्यवस्थित गर्न नीति तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको छ ।

सरकारले सहासिक खेल पर्यटनको विकास विस्तार, मुस्ताङ, मनाङ, चुम–ब्रिलाइ अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङस्थलका रुपमा विकास गर्नेलगायतका योजनालाई बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

सरकारले पर्र्यटनलाई उच्च प्राथमिकतामा राख्नु यस क्षेत्रका लागि सकारात्मक कदम हुने पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरु बताउँछन् । सरकारद्वारा पर्यटन क्षेत्रमा विनियोजित रकम तथा प्राथमिकताले पर्यटन व्यवसायीमा उत्साह थपेको पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...