शिक्षा र स्वास्थ्य जस्ता मौलिक हक लागु गर्न कानुन आवश्यकः डा. भट्टराई

Baburam vattarai

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धि मौलिक हकलाई लागू गराउन तत्काल कानुन निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गराउन पनि सरकारलाई दवाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे ।

नेता भट्टराईले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेकोले त्यसलाई लागू गर्न कानुन निर्माण गर्न सरकारलाई दवाव दिनु हुन् ।

संयोजक भट्टराईले आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकलाई लागू गराउन कानुन बनाईसक्नु पर्ने भएपनि सरकार तत्सम्बन्धमा गम्भिर नभएको आरोप पनि लगाए ।

उनले वर्तमान सरकारले हुने खानेकै पक्षमा शैक्षिक नीति लिएको भन्दै असन्तुष्टि व्यक्त समेत व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...