संघीय पर्यटन मन्त्रीले बनाएको विज्ञ समूह औचित्यहिनः मुख्यमन्त्री गुरुङ

Pokhara airport

पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा विमानस्थल सम्बन्धमा संघीय पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले बनाएको विज्ञ समूहको औचित्य नभएको बताएका छन् ।

पर्यटन मन्त्री अधिकारीले बनाएको विज्ञ समूहले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसक्ने प्रतिवेदन दिएपछि मुख्यमन्त्री गुरुङको यस्तो प्रतिक्रिया आएको हो ।

‘यो बेलामा के को विज्ञ समूह?’, पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थल निर्माणप्रति विज्ञ समूहको नाममा आएको प्रतिवेदनप्रति असन्तुष्टि जाहेर गर्दै ज्ञापनपत्र बुझाएपछि उनले भने, ‘पोखरामा जसरी पनि एयरपोर्ट बन्छ, अझ यसको रनवे ५ सय मिटर थपिन्छ।’

उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गठन गरेको विज्ञ समूहलाई औचित्यहीन भएको बताए। केन्द्र सरकारले प्रदेशहरुलाई अधिकार दिन आनाकानी गर्दै आएको अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री गुरुङले आफू पर्यटनमन्त्री हुँदादेखि नै विमानस्थलको जग्गा मुआब्जा र निर्माण कार्यलाई अगाडि बढाउन खेलेको भूमिकाको स्मरण पनि गरे।

विज्ञ समूहको ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि ठीक नभएको’ भन्ने प्रतिवेदनप्रति पोखरावासीले आपत्ति समेत जनाएका छन् । पोखरेलीहरुले विमानस्थल निर्माणले गति लिएको बेला सार्वजनिक भएको प्रतिवेदन समग्र प्रदेश नम्बर ४ प्रतिको पूर्वाग्रह भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘यो प्रतिवेदन षड्यन्त्रपूर्ण छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार विमानस्थल निर्माण र यसको वास्तविकता’ विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले भने, ‘मन्त्रीबाट गठन भएको समूहले दिएको प्रतिवेदनले हामी आश्चर्यचकित भएका छौँ, यो मन्न्त्रीमाथिको पनि प्रश्न हो ।’

यतिबेला पोखराकै रवीन्द्र अधिकारी पर्यटन मन्त्री छन्। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एजेण्डालाई उनले पटक पटकको चुनावमा उठाउँदै आएका थिए । पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा विमानस्थल निर्माणको लागि दबाब दिन आयोजना भएको अनसन कार्यक्रममा पनि उनको सक्रिय सहभागिता रहेको थियो । त्यसैगरी सिंहदरबार घेराऊ कार्यक्रमलगायतका सबैजसो आन्दोलनमा उनी अग्रमोर्चामा रहँदै आएका थिए । उनै अधिकारी मन्त्री भएको बेला उनले नै गठन गरेको समितिले पोखरा विमानस्थलबारे दिएको प्रतिवदेनपछि भने पोखरा क्षेत्रमा उनको आलोचना हुन थालेको हो ।

सञ्चारमाध्यमको नजिक रहेका तथा निरन्तर सामाजिक सञ्जालमा सक्रिय मन्त्री अधिकारी विज्ञ समूहको प्रतिवेदनबारे मौन छन्। ‘यतिबेला काठमाडौँलाई केन्द्र मान्ने स्वनामधन्यहरुले मन्त्री (रवीन्द्र)को काँधमा बन्दुक राखेर आफ्नो काम गर्दैआएका छन्’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सोही कार्यक्रममा भने, ‘काठमाडौँको नेक्सस ठूलो छ, त्यही समूहले फेवातालमा गलत गर्नेहरुलाई विज्ञ टोलीमा राख्न सफल भएका हुन्।’

मन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भएका मुल्मीले मन्त्रीकै निर्देशनमा यो गतिविधि भएको त होइन भन्ने प्रश्नसमेत गरे।

नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले पर्यटन मन्त्री अधिकारी पोखराकै भए पनि उनले पोखरा र समग्र प्रदेशको जनताको भावनामाथि खेलबाड गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ‘करण’ले कथित विज्ञहरुको टोलीले दिएको प्रतिवेदनलाई दुर्भाग्यपूर्ण बताउँदै सो प्रतिवेदनलाई केटाकेटीपनको संज्ञा दिए।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...