प्रकाश दाहालको स्मृतिमा स्तम्भ बन्ने

Prakash dahal n

काठमाडौं । प्रचण्ड पुत्र स्व. प्रकाश दाहालको स्मृतिमा नुवाकोटको ककनीमा स्तम्भ निर्माण गरिने भएको छ।

ककनीस्थित अन्तर्राष्ट्रिय पर्वतारोही स्मृती उद्यानमा बन्न लागेका स्वर्गीय दाहालको स्तम्भको मंगलबार खानेपानी मन्त्री विना मगरले शिलान्यास गरिन्।

सर्वोच्च शिखर सगरमाथा आरोही प्रकाशको सम्झनामा नेपाल पर्वतारोही संघको सक्रियतामा स्तम्भ बनाउन लागिएको पर्वतारोही संघका अध्यक्ष सन्तविर लामाले बताए ।

स्वर्गीय दाहाल मन्त्री मगरका पति हुन् । प्रकाशसँगै सगरमाथा आरोहण गरेकी मन्त्री मगरले प्रकाशको मात्रै होइन अन्य आरोहीको नाममा पनि स्तम्भ निर्माण गरिनुपर्ने बताईन् । मंगलबार विश्व वातावरण दिवसको अवसर पारेर मंगलवार ककनी उद्यानमा विभिन्न प्रजातिका ४ सय ५० विरुवा पनि रोपिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...