६० हजार बालबालिकालाइ विद्यालय ल्याउन ‘विशेष भर्ना अभियान’

Child

काठमाडौं । सरकारले सबै बालबालिकालाई विद्यालय ल्याउन प्रयत्न गरेर भर्ना अभियान चलाएको भएपनि अझै ६० हजार बालबालिका विद्यालय बाहिरै छन् ,
विद्यालयबाहिर रहेका ति बालबालिकालाई विद्यालयमा ल्याउन ‘विशेष भर्ना अभियान’ सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आइतबार असार १५ गतेसम्म सक्ने गरी दोस्रो चरण भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत वैशाखको अभियानमा छुटेका बालबालिकालाई लक्षित गर्दै भर्ना अभियान सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

वैशाखमा भर्ना भएका मुलुकभरका विद्यार्थीको तथ्यांक संकलन गर्दा अझै ५९ हजार ७ सय ३३ बालबालिका छुटेको पाइएको थियो । त्यसक्रममा प्रत्येक व्यक्तिले एउटा विद्यार्थीको जिम्मेवारी लिएर भर्नामा लैजाने अभियान चलाइएको थियो ।

प्रधानमन्त्री केपी ओलीले नै बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै भर्ना गराएका थिए । तर अझै पनि धेरै बालबालिका विद्यालयबाहिर रहेको भेटिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा दोस्रो चरण अभियान चलाउन मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

विगतको भर्ना अभियान केन्द्रीय सरकारले सञ्चालन गरेको थियो । दोस्रो चरणको विशेष अभियानमा प्रदेश र स्थानीय सरकारले समेतनेतृत्व लिनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...