मनकामना मन्दिरमा राखियो सुनको गजुर

Mankamana

गोरखा । मनकामना मन्दिरमा सुनको गजुर राखिएको छ । पूर्णिमाको अवसर पारेर सोमवार सुनको जलप लगाइएको गजुर राखिएको हो ।

मन्दिरको पुरानो गजुरलाई करिब ४० लाख रुपैयाँ खर्च गरेर ३३ तोला सुनको जलप लगाइ सुन्दर बनाइएको छ । पुजारीहरुले वैद्धिक विधी पूर्वक क्षमा पूजा गरी उत्तम साईत हेराएर ठड्याएका हुन्।

पुनस्निर्माणको क्रममा जगैदेखि भत्काएर सुरु गरिएको मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको पुननिर्माण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । आउँदो दशैँ सम्ममा भक्तजनका लागि मन्दिर खुल्ला गर्ने गरी पुनस्निर्माणको काम गरेको उनले बताए ।

२०७२ सालदेखि सुरु भएको मनकामना मन्दिर जिर्णोद्धाको काम भूकम्पका कारण प्रभावित बनेको थियो। काठ अभाव, पुनस्निर्माणमा कामदारको अभाव जस्ता कारणले प्रभावित बनेको मन्दिर जिर्णोद्धारको काम अहिले द्रुत गतिमा भईरहेको छ ।

२०६८ सालमा पुरातत्व बिभागले करिब ८ करोडमा पुनःनिर्माण गर्न सकिने सर्वेक्षण गरेको भएपनि अहिले १२ करोड लाग्ने अनुमान जिर्णोद्धार समितिको छ ।

मन्दिरको माथिल्लो तलामा छानो छाउने काम सकिएको छ । सुनको जलप सहितको पहिलो छानोमा काम बाँकी छ । टुडाँल राख्ने, झ्याल ढोकाको काम सकिएको संयोजक श्रेष्ठ बताउँछन् । मन्दिर परिसरमा टायल ओच्छ्याउने, पूजाआजा गर्ने ठाउँ ब्यवस्थित गर्ने र मन्दिरलाई नयाँ स्वरुप दिने गरी पुन निर्माण भईरहेको छ।

भक्तजनलाई पूजापाठ गर्न र पुजारीलाई काम गर्न समेत समस्या भएको मन्दिरका मुख्य पुजारी इन्सान थापा बताउँछन्। मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकारबाट वार्षिक एक लाख र पैदल हिँडेर मनकामना पुग्ने भक्तजनको घुँईचो हुने गर्छ ।

पुननिर्माण सुरुभयता मनकामना मन्दिरमा भक्तजनले पूजाआजा गर्न निकै कष्ट भोग्नुपरेको छ। मन्दिर छेउमा प्रतिमूर्ती बनाएर अस्थायी टहरामा भक्तजनले मनकामनाको पूजागरी फर्कने गर्छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...