आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि काठमाडौंमा हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यही वैशाख २० र २१ गते हुने महाधिवेशनको तयारीसमेत पूरा भइसकेको जनाएको छ । महाधिवेशनमा देशभरका ३५ जातीय घटक संघ, ७ प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले जानकारी दिए । उनका अनुसार महाधिवेशन एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नेछन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताहरुले सम्बोधन गर्र्ने अधिवेशनको दोस्रो दिन नयाँ कार्यसमिति चयन गर्ने महासंघका महासचिव चन्द्र तामाङले बताए ।

महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठनीतक प्रतिवेदन पारित हुने मगरले बताए । उनले विभिन्न समुदायको अधिकार स्थापित गरिएको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन माग गरे । मुलुकको व्यवस्था विरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष मगरले संघीय संरचना बमोजिम ऐन, कानून निर्माण गर्ने कार्यमा ढिलाइ नगर्न समेत आग्रह गरे । महासंघका महासचिव चन्द्र तामाङले संचालन गरेको कार्यक्रममा महासंघका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...