उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको छ । सो दुर्घटनामा परी वडाध्यक्षसहित ६ जना घाइते भएका छन् ।
उदयपुरमा स्कार्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको ज्यान गएको छ । दुर्घटनामा दमक नगरपालिकाकै कर्मचारी र जनप्रतिनिधि गरी ६ जना घाइते भएका छन् ।
आज दिउँसो झन्डै साढे ४ बजेतिर मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर जिल्लाको कटारी नगरपालिका(६ सोमबारेमा स्कर्पियो दुर्घटना भएको हो । उनीहरू न्यायिक समितिको कार्यक्रममा सहभागी भएर झापा फर्किँदै थिए ।
दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको मे १ च ३०४० नम्बरको गाडी बिहीबार दुर्घटनामा परेको थियो । चितवनबाट झापातर्फ जाँदै गरेको सो स्कार्पियो गाडी उदयपुरको कटारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आफैँ अनियन्त्रित भएको स्कारपियो सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय बस्नेतको प्रादेशिक अस्पताल कटारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेहरूमा सवारी चालक दमक नगरपालिका वडा नं। ९ बस्ने वर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका १० बस्ने वर्ष ४९ को राजेन्द्रप्रसाद भण्डारी, दमक १ बस्ने वर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका ६ बस्ने वर्ष ५४ को कमल श्रेष्ठ, दमक २ बस्ने वर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका १ बस्ने वर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा प्राथमिक उपचार भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए ।
उनीहरूलाई कटारीमा प्राथमिक उपचारपछि विराटनगर पठाइएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएका वडाध्यक्ष भण्डारी र स्थानीय गौतमलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ ।
।
प्रतिकृया दिनुहोस