धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट कारमा राखेर लैजाँदै गरिएको अवस्थामा ४२१ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यावस्थापन वेश मुलघाटको टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारबाट प्रतिबन्धित ४२१ केजी गाँजा बरामद गरेको छ भने कारलाई नियन्त्रणमा लिएको छ ।

मूलघाटस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेसमा खटिएको टोलीलाई देखेर भागेको उक्त कार सडक छेउको भित्तामा ठोक्किएको अवस्थामा फेला परेपछि चेकजाँच गर्ने क्रममा ४२१ किलोग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताउनु भयो ।

प्रहरी चेक्क पोस्टमा शंका लागि कार रोक्न खोज्दा भागेपछि मोवाइल गस्ती टोलीले पिछा गर्दा कार भित्तामा ठोक्काएर चालक फरार भएका थिए । फरार रहेका चालकको खोजी कार्य जारी राखिएको प्रहरीले जनाइएको छ । यसरी बरामद गरिएको गाँजा सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...