धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा बरामद गरेको छ ।

गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ५ बोधेका ४३ वर्षीया मनोज लिम्बु रहेका छन् ।

विशेष सुचना पाइ खटिएको प्रहरी टोलीले आज दिउँसो करिब साँढे १ बजे ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा प्लास्टिकको बोरामा ३८ पोका गाँजा फेला पारेपछि उक्त गाँजा सहित अनुसम्धानका लागि लिम्बुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार वटा पोकामा ९४६ केजी गाँजा भेटिएको छ । उक्त ट्रकका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पक्राउ परेका लिम्बुको भने थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...