बुद्धिचाल संघ धनकुटाको अध्यक्षमा रमेशचन्द्र अधिकारी चयन

Ramesh chandra adhikari dkt

धनकुटा । पत्रकार रमेशचन्द्र अधिकारीको नेतृत्वमा चयन भएको धनकुटा जिल्ला बुद्धिचाल संघले बल्ल बैधानिकता पाएको छ । यसअघि धनकुटामा राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा तदर्थ समिति थियो ।

सोमबार गठन भउको सो नयाँ समितिको उपाध्यक्षमा टिका भण्डारी, सचिव हेमकुमार राई र कोषाध्यक्ष विजयशेखर श्रेष्ठ चुनिएका छन् । सो संघको सदस्यहरुमा नारायणकुमार आठपहरिया, कविराज घिमिरे र किशन बोगटी रहेको जनाइएको छ । यसैगरी, अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधि समेत चयन गरिएको बुद्धिचाल संघका प्रदेश संयोजक कृष्ण सिग्देलले जानकारी दिए । जसमा रमेशचन्द्र अधिकारी, टिका भण्डारी र शैलेश वाग्ले चयन भएका छन् ।

उक्त अवसरमा बुद्धिचाल संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पराजुलीले बुद्धिचाल खेललाई धनकुटामा पहिलो पटक केन्द्रले अनुमोदन गरेको जानकारी दिए । सबै जिल्ला र पालिकास्तरमा बुद्धिचालको विस्तार गर्न आफुहरु जुटेको उनको भनाई थियो ।

सो कार्यक्रममा पुर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, प्रदेश संयोजक कृष्ण सिग्देल, प्रदेश सदस्य अतुलकुमार दहाल र जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई लगायतले खेलकुदको विकासका लागि राज्यपक्षको दायित्व रहनुपर्ने जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...