ग्यास सिलिल्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी र उनकी आमा घाइते, कीर्तिपुरमा उपचार हुँदै

Chandra bhandari mother

काठमाडौं । ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।

अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । राति खाना खाइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनको पारिवारिक स्रोतले बतायो ।

गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक संजालमा लेखेका छन् ।

ुअस्पतालबाट भर्खर फर्किएको छु। ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षीया माताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेकोे छु, उनले भनेका छन् ।

डा. भण्डारीले बुधबारको संसद बैठकमा करिब १२ मिनेट लामो सम्बोधन गरेका थिए । उनी मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै विजयी भएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...